बरहथवामा स्कुल बस र टेम्पु पल्टिँदा ६ जना घाईते

196
सांकेतिक तस्बिर ।

सर्लाहीको बरहथवामा मंगलवार भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा परी पाँच जना घाईते भएका छन् ।

बरहथवा नगरपालिका–७, मा बीआर ३० पीए ०७०७ नम्वरको टेम्पु अनियन्त्रित भई पल्टिँदा टेम्पुमा सवार तीन छोरीसहित आमा घाईते भएका छन् । दुर्घटनामा बरहथवा नगरपालिका–५, का राम विश्वास राय यादवकी ६ वर्षीया छोरी रीया कुमारीसहित चार जना घाईते भएका हुन् । टाउको काटेका कारण १५ वटा टाँका लगाइएको बालिका रियाकुमारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यस्तै सोही दुर्घटनामा रियाकुमारीकी दिदी ७ वर्षीया नेहा कुमारी, अर्की दिदी ८ वर्षीया निशा कुमारी र आमा २५ वर्षीया सुशीला देवी यादव घाईते भएका प्रहरीले जनाएको छ । यसैगरी बरहथवा नगरपालिका–३, झिंयाही टोलमा ना ३ ख ५६३४ नम्वरको स्टारलाईन बोडिङ स्कुलको बस टायर पम्चर भएर अनियन्त्रित भई ज १ प ४२१३ नम्वरको मोटरसाइकल र साइकललाई ठक्कर दिँदा दुई जना घाईते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका–२, का २५ वर्षीय रामदेयाल महतो र साइकलमा सवार १० वर्षका बालक राकेश महतो घाईते भएका ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । बसमा सवार विद्यार्थी भने सकुसल रहेका प्रहरीले जनाएको छ ।