चेम्बर अफ कमर्स हरिवनद्धारा द्वन्द्व पीडित बाल गृहमा सहयोग

166


चेम्बर अफ कमर्स हरिवनले सोमवार सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीमा रहेको द्वन्द्व पीडित बाल गृहमा सहयोग गरेको छ । चेम्बर अफ कमर्समा आवद्ध व्यवसायीले सोमवार बिहान बाल गृहमै पुगेर ४८ थान तन्ना र सोही संख्यामा झुल प्रदान गरेका हुन् ।

यस्तै बाल गृहमा आश्रीत द्वन्द्व पीडित बालबालिकालाई खाजा समेत प्रदान गरिएको चेम्बर अफ कमर्स हरिवनका सह–सचिव बिप्लव कार्कीले जानकारी दिए । चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष रामभक्त प्रधान, चेम्बर अफ कमर्स हरिवनका अध्यक्ष कृष्ण ओमपोते लगायत अन्य व्यवसायीले बाल गृहमा आएर सहयोग प्रदान गरेका बाल गृह सञ्चालन गरिरहेको संस्था चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामाले बताए ।

भर्खरै गठन भएको चेम्बर अफ कमर्समा आवद्ध हरिवनका व्यवसायीले केही दिन अघि पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीमा आश्रीत बेसहारा बृद्धवृद्धालाई भोजन गराएका थिए ।