शिव लिंगको प्राण प्रतिष्ठान गर्न १२ लाख संकलन

142
महायज्ञमा उपस्थित भक्तजनहरु (तस्बिर : उज्यालो अभियान)

परवानीपुर – सर्लाहीको उत्तरी भेगस्थित लालबन्दी नगरपालिका–१६, परवानीपुरमा रहेको सिद्धेश्वरनाथ मन्दिरमा लगाइएकोे श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको शुक्रवार समापन गरिएको छ ।

सिद्धेश्वरनाथ मन्दिरमा शिव लिङगको प्राण प्रतिष्ठा गरी नवनिर्मित भवनमा प्रतिस्थापन गर्ने उद्देश्यले लगाइएको महायज्ञको सर्लाही क्षेत्र नं २ का सांसद एवम् पूर्वमन्त्री महेन्द्रप्रसाद यादवको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । महायज्ञ आयोजक समितिका अध्यक्ष भरतप्रसाद गौतमको अध्यक्षता रहेको महायज्ञ समापन कार्यक्रममा नेकपा केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकीको विशिष्ट आतिथ्यता रहेकोे थियो । कार्यक्रममा लालबन्दी नगरपालिका वडा नं. १६ का वडाध्यक्ष गणेशबहादुर थापा, महायज्ञ मूल आयोजक समितिका सदस्यहरु तथा श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको थियो ।

महायज्ञमा शुक्रवार अन्तिम दिनसम्म भक्तजनहरुबाट मन्दिरमा शिव लिङगको प्राण प्रतिष्ठा स्थापनाका लागि बाह्र लाख पँचास हजार रुँपिया सहयोग संकलन भएको छ । पण्डित सन्तोषकुमार चालिसेद्धारा सुमधुर शैलीमा कथावाचन गरिएको महायज्ञमा समापनको अवसरमा व्रतवन्ध तथा चुडादान कर्म पनि गरिएको महायज्ञ समापन कार्यक्रम संञ्चालक सिद्धेश्वर मन्दिरका विशेष सहयोगी कृष्णप्रसाद दाहालले जानकारी दिए । महायज्ञबाट उठेको रकम मन्दिर पुनर्निर्माण तथा धर्मशाला निर्माणमा समेत खर्च गर्ने योजना रहेको स्थानीय वासिन्दाले बताएका छन् । महायज्ञको गत फागुन १ गते प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले उद्घाटन गरेका थिए ।