धनकौलमा आज कांग्रेस उपसभापति निधी लगायतले सम्वोधन गर्दै

614

लालबन्दी – नेपाली कांग्रेसले सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित धनकौलमा आज (शनिवार) दिउँसो आमसभा गर्दैछ ।

पार्टीका केन्द्रीय उपसभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीको प्रमुख आतिथ्यतामा ठूलो जनमानस जुटाएर आम सभा गर्न लागिएको कांग्रेस क्षेत्र नं. ४ ले जनाएको छ । धनकौल बजारमा हुने कार्यक्रममा तयारी पूरा भएको र कार्यक्रममा ठूलो संख्यामा अन्य पार्टीका नेता कार्यकर्ता कांगे्रसमा प्रवेश गर्ने गरी आम सभाको तयारी अघि बढाइएको कांगे्रसबाट निर्वाचित प्रदेश सभा सांसद वीरेन्द्र सिंहले जानकारी दिए । आमसभालाई प्रकाश शरण महत, नैन सिंह महर लगायतका नेताहरु समेत सम्बोधन गर्नेछन् ।