तेक्वान्दो खेलाडीलाई बिदाई

113
तेक्वान्दोका विद्यार्थी खेलाडीलाई बिदाई गरिँदै । ( तस्बिर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको लालबन्दीबाट बिहिवार तेक्वान्दो खेलाडीलाई बिदाई गरिएको छ ।

फागुन १० र ११ गते काभे्रको बनेपामा आयोजित ११ औँ जुनियर राष्ट्रिय आइटीएफ तेक्वान्दोमा सहभागिता जनाउन लागेका लालबन्दी नगरपालिका–५, मेजरगञ्जमा रहेको अमरज्यान आधारभूत विद्यालयको तेक्वान्दोका विद्यार्थी खेलाडीलाई बिदाई गरिएको हो । विद्यालयको तर्फबाट बिहिवार बिदाई गरिएका विद्यार्थी शुक्रवार बिहान काभे्रतर्फ प्रस्थान गर्ने विद्यालयलाई उद्वृत गर्दै सर्लाही आइटीएफ तेक्वान्दोका अध्यक्ष प्रभुनारायण शिवाकोटी (श्याम) ले जानकारी दिए । उनका अनुसार जिल्लाबाट अन्य तेक्वान्दो खेलाडीले पनि प्रतियोगितामा भाग लिने छन् ।