एलिट र शिशुप्रज्ञाको बार्षिकोत्सव सम्पन्न

112
एलिटको कार्यक्रममा प्रमुख अतिथि मेयर थापालाई पुष्पगुच्छा दिँदै विद्यालयका विद्यार्थी । (तस्बिर : सरिता)

सरिता सापकोटा/बागमती – सर्लाहीको बागमतीमा रहेको एलिट आवासीय माध्यामीक विद्यालयले विहिबार आफ्नो २५ आँै बार्षिकोत्सव तथा शैक्षिक प्रदर्शनी सम्पन्न गरेको छ ।

बागमती नगरपालिका–१२ स्थित विद्यालय परिसरमा आयोजित कार्यक्रम प्रधानाध्यापक प्रजु लामिछानेको अध्यक्षता एवं बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको प्रमुख आतिथ्यतामा भएको थियो । उद्घाटन समारोहमा राष्ट्रिय जनता पार्टीका केन्द्रिय सदस्य नविन काफ्ले, कांग्रेस बागमती नगर सभापती दिपक कुमार रानाभाट, उद्योग वाणिज्य संघ बागमतीका अध्यक्ष ठेट बहादुर प्रधान, बागमती वडा नम्बर १२ का वडाध्यक्ष ओम बहादृुर श्रेष्ठ, नेपाल क्षिक्षक संघ बागमती नगरकमिटी उपाध्यक्ष कविन सुवेदी लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम अन्तरगत बिद्यालयका छात्र छात्राले तयार पारेका विभिन्न खाना तथा खाजाका परिकार समेत प्रदर्शनीमा राखिएको थियो । उत्सवको अवसरमा बिद्यालयका छात्र छात्राहरुले गायन, नृत्य लगाएतका आफ्नो प्रतिभा समेत प्रस्तुत गरेका कार्यक्रम संचालक कृष्ण दाहालले जानकारी दिए । कार्यक्रमका अन्य बक्ताहरुले समेत विद्यालयले यस क्षेत्रको शिक्षा क्षेत्रमा पु¥याएको योगदानको खुलेर प्रशंसा गरेका थिए ।

त्यस्तै सर्लाहीको हरिवन नगरपालिका–९, सुखेपोखरीमा रहेको शिशु प्रज्ञा सदन आवासिय विद्यालयले बिहिवार आफ्नो २३ औँ वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको छ । विद्यालयका संस्थापक प्रिन्सीपल मनोज थापाको अध्यक्षता एवं हरिवन नगरपालिका ९ का वडाध्यक्ष सीताराम पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । त्यसक्रममा जेहेन्दार विद्यार्थीलाई पुरस्कार वितरण गर्नुका साथै विद्यार्थी र अभिभावकलाई अभिमुखीकरण प्रदान गरी साँस्कृतिक कार्यक्रम गरिएको विद्यालयका संस्थापक तेजनारायण आले मगरले जानकारी दिए ।