सर्लाहीको नारायणखोलामा चितुवाको आक्रमणबाट एक बाख्रा गोठालो घाईते

584

चुरेभेगस्थित सर्लाहीको विकट क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा चितुवाको आक्रमणबाट एक जना गम्भीर घाईते भएका छन् ।
नारायणखोलाको डाइनी खोलाका २४ वर्षीय दुधराज तामाङ चितुवाको आक्रमणबाट गम्भीर घाईते भएका हुन् । वुधवार दिउँसो बाख्रा गोठालो जाँदा चितुवाको आक्रमणबाट घाईते भएका तामाङलाई लालबन्दी बजारस्थित एक निजी स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारका लागि वीर अस्पताल काठमाण्डौं रेफर गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
वन विनाश र मानव अतिक्रमणका कारण सर्लाहीको अन्य ठाउँका वन क्षेत्रमा चितुवा लगायतका जंगली वन्यजन्तु पाउन छाडेपनि विकट क्षेत्रमा पर्ने नारायणखोलाका चुरे पहाडमा भने अझै पनि जंगली जनावर पाइने गरेको स्थानीय वासिन्दाले बताएका छन् ।