लायन्स क्लब अफ लालबन्दी सिटीद्धारा विद्यार्थीलाई झोला वितरण

187

बिहिवार लायन्स क्लब अफ लालबन्दी सिटीद्धारा विपन्न विद्यार्थीहरुलाई विद्यालय झोला वितरण गरिएको छ ।

लायन्स क्लब इन्टरनेशनल थ्री टु फाईभ का पीएमसीसी डाक्टर डीआर खनालबाट सहयोग प्राप्त विद्यालय झोला विद्यार्थीहरुलाई वितरण गरिएको हो । लालबन्दी नगरपालिका ७ मा रहेको जानकी माध्यमिक विद्यालयमा अध्ययनरत २० जना विपन्न बालबालिकालाई विद्यालय झोला प्रदान गरिएको हो ।

झोला वितरण कार्यक्रममा लालबन्दी नगरपालिका ७ का वडाध्यक्ष सुरेन्द्रकुमार न्यौपाने, लायन्स क्लब अफ लालबन्दी सिटीका अध्यक्ष दानप्रसाद अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम लम्साललगायतको उपस्थिति रहेको लायन्स क्लब अफ लालबन्दी सिटीका उपाध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए ।

यस्तै बिहिवार नै लालबन्दी नगरपालिका १७ , रानिगञ्जमा रहेको फौदसिंह माध्यमिक विद्यालयमा विपन्न बालबालिकालाई विद्यालय झोला वितरण गरिएको छ । लालबन्दी नगरपालिका वडा नं १७ का वडाध्यक्ष नवराज अधिकारीको उपस्थितिमा विद्यालयमा अध्ययनरत २९ जना विपन्न बालबालिकालाई विद्यालय झोला वितरण गरिएको छ ।