चतुर्भूजेश्वरमा नेविसंघको इकाई समिति गठन

इकाई समिति गठनपछि सामूहिक तस्बिर खिचाउँदै काँगे्रस नेता एवं नेविसंघमा आवद्ध विद्यार्थीहरु । (तस्बिर : उज्यालो अभियान)

सुखेपोखरी – सर्लाहीको हरिवनस्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को इकाई समिति गठन गरिएको छ ।

सोमवार सम्पन्न अधिवेशनबाट विष्णु मैनालीको सभापतित्वमा ५१ सदस्यीय क्याम्पस इकाई समिति गठन गरिएको हो । समितिमा संगीता लामा उपसभापति, सुभम लामा सचिव, रेजिना घिमिरे कोषाध्यक्ष र अन्य सदस्य रहेका छन् । नेविसंघ क्याम्पस इकाई समितिका निवर्तमान सभापति केशव मैनालीको अध्यक्षता एवं कांग्रेसका जिल्ला सह–सचिव डोरप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित इकाई अधिवेशनमा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यमनाथ उपे्रती, कांग्रेस महाधिवेशन प्रतिनिधि सोनी बम्जन, कांगे्रस हरिवन नगर समितिका उपसभापति डाकुरनाथ खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।

इकाई समिति गठनपछि सामूहिक तस्बिर खिचाउँदै कांग्रेस नेता एवं नेविसंघमा आवद्ध विद्यार्थीहरु । (तस्बिर ः उज्यालो अभियान)

Facebook Notice for EU! You need to login to view and post FB Comments!