हरिपुरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सूरु

152
हरिपुरमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गरिँदै । (तस्बिर : उज्यालो अभियान)

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिकामा दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सूरु भएको छ ।

नगरपालिकाको आयोजनामा हरिपुरस्थित हात्तिसार खेल मैदानमा आईतबारबाट प्रतियोगिता सूरु भएको हो । नगरपालिकाको सामाजिक विकास समितिका प्रमुख एवं वडा नं ७ का वडाध्यक्ष हृदयनारायण पंजियारको अध्यक्षता तथा नगरप्रमुख जमुरिद्धिन मन्सुरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नगर उपप्रमुख रेणुका काफ्ले, प्रमुख प्रशासकिय अधिकृत उदय देवकोटा लगायतको उपस्थिति रहेको थियो । सोमवारसम्म चल्ने प्रतियोगितामा कबड्डी, जम्प, भलिबल , ज्याभलिन थ्रो लगायतका खेलमा नगर क्षेत्र भित्रका विद्यालयले प्रतिस्पर्धा गर्नेछन् ।