अल नेपाल फूलकन्ट्याक्ट कराँतेमा सर्लाही डोजो टिम च्याम्पियन

236
सर्लाही डोजो टिम एवं धनुषाका खेलाडी सम्मिलित प्रतियोगितामा च्याम्पियन बनेको प्रदेश दुईको टोली । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – अल नेपाल फुल कन्ट्याक्ट कराँते ओपन च्याम्पीयनशीप २०७६ मा सर्लाही जिल्ला डोजो टिम च्याम्पियन बनेको छ । सर्लाहीका ७ तथा धनुषाका एक खेडालीले स्वर्ण पदक हात पारेपछि प्रदेशतर्फ दुई नम्बर प्रदेश च्याम्पियन भएको छ ।

सर्लाहीको लालबन्दीमा शनिबार राती सम्पन्न प्रतियोगिता अन्तर्गत १३ वटा स्वर्ण पदक मध्ये सबैभन्दा बढी सर्लाही डोजो टिमका ७ जना तथा धनुषा डोजोका १ जना गरी दुई नं. प्रदेशका ८ खेलाडीले गोल्ड मेडल हात पारेपछि प्रदेश नम्बर दुई प्रतियोगिताकै च्याम्पियन बनेको हो । प्रतियोगितामा बागमती प्रदेशका ३ तथा गण्डकी प्रदेशका दुई खेलाडीले स्वर्ण पदक हात पारेको आयोजक जिल्ला क्युकोशिन कान कराँते संघ सर्लाहीका सचिव आशिशबाबु दाहालले जानकारी दिए । दाहालका अनुसार प्रदेश नं. १, प्रदेश नं. ५, प्रदेश नं. ६ र सुदूरपश्चिम प्रदेशका खेलाडीले स्वर्ण पदक जित्न सकेनन् । ती प्रदेशका खेलाडीले फाईनल प्रतिष्पर्धामा जीत हाँसिल गर्न नसक्दा रजत र कास्य पदकमै चित्त बुझाउनु प¥यो ।

बागमती डोजोका सागर राई प्रतियोगिताकै उत्कृष्ट पुरुष खेलाडी तथा काठमाडौं डोजोकी युनिका शेरचनले उत्कृष्ट महिला खेलाडीको उपाधी हात पारिन् । टिमतर्फ भने सर्लाही जिल्ला डोजो टिम उत्कृष्ट भएको आयोजक संस्थाका कोषाध्यक्ष शशी देवकोटाले जानकारी दिए । दुई दिनसम्म चलेको प्रतियोगितामा प्रदेश नं. एक बाट २३, प्रदेश नं. दुईबाट १२०, बागमती प्रदेशबाट २३, गण्डकी प्रदेशबाट ९, प्रदेश नं. ५ बाट ३०, प्रदेश नं. ६ बाट २५ र सुदूरपश्चिम प्रदेशबाट १५ जना गरी २४५ जना खेलाडीले भाग लिएका थिए ।

प्रतियोगितामा पुरुषतर्फ ८ वटा तथा महिलातर्पm ६ वटा तौल समूहमा प्रतिष्पर्धा गराईएको थियो । पूरुषतर्फ ३५ केजी मुनी समूह, ३५–३९, ४०–४४, ४५–४९, ५०–५४, ५५–५९, ६०–६५ केजी समूह तथा त्यो भन्दा माथिको तौललाई खुल्ला गरी आठ तथा महिलातर्फ ४० केजी मुनी समूह, ४०–४४, ४५–४९, ५०–५४, ५५–५९ केजी समूह तथा त्यो भन्दा बढी तौल भएकालाई खुल्ला समूहमा राखेर प्रतिष्पर्धा गराईएको देवकोटाले जानकारी दिए । लाईटको व्यवस्था गरेर राती समेत प्रतिष्पर्धा गराईएको प्रतियोगिता शनिबार राती सम्पन्न भएको हो ।