ग्याँस लिक भएर आगलागी, घर जलेर खरानी

215
प्रतिकात्मक तस्बिर

ग्याँस सिलिन्डरबाट ग्याँस लिक भई आगलागी हुँदा सर्लाहीको बरहथवा नगरपालिका–१५, सुकुम्वासी टोलमा एउटा घर जलेर नष्ट भएको छ ।

सुक्रवार राती भएको आगलागीबाट स्थानीय बिगु पासवानको फुसको कच्ची घर जलेर खरानी भएको ईलाका प्रहरी कार्यालय हीरापुरले जनाएको हो । आगलागीबाट घर र घरभित्र रहेको सरसामान सम्पूर्ण जलेर नष्ट हुँदा ४० हजार रुपियाँ बराबरको क्षति भएको पीडितले बताएका छन् ।

ज्याला मजदुरी गरेर दैनिकी गुजार्ने दलित परिवार आगलागीमा परी घर जलेर नष्ट भएपछि बिचल्लीमा परेका छन् । स्थानीय वासिन्दाका अनुसार रातीको खाना पकाउने क्रममा पासवानको घरमा आगलागी भएको हो । गाउँले र प्रहरी मिलेर तत्कालै आगो निभाएकाले नजिकका अरु घरमा आगलागी हुन नपाएको बताइएको छ ।