शिव लिङगको प्राण प्रतिष्ठान गर्न महायज्ञ

128

परवानीपुर – सर्लाहीको उत्तरी भेगस्थित लालबन्दी नगरपालिका–१६, परवानीपुरमा रहेको सिद्धेश्वरनाथ मन्दिरमा शिव लिंगको प्राण प्रतिष्ठा गरी नवनिर्मित भवनमा प्रतिस्थापन गर्ने उद्देश्यले बिहिवारबाट श्रीमत भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको छ ।

महायज्ञको बिहिवार दिउँसो प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले उद्घाटन गरेका हुन् । महायज्ञबाट उठेको रकम मन्दिर पुनर्निर्माण तथा धर्मशाला निर्माणमा समेत खर्च गर्ने योजना रहेको स्थानीय वासिन्दाले बताएका छन् । महायज्ञ मूल आयोजक समितिका संयोजक भरत गौतमको अध्यक्षतामा आयोजित महायज्ञको उद्घाटन समारोहमा वडाध्यक्ष गणेश थापा, स्थानीय अगुवा कृष्ण गौतम, परवानीपुरका निवर्तमान गाविस अध्यक्ष जतनकुमार बुढाथोकी लगायतले मन्तव्य राखे । उद्घाटन समारोहअघि कलश यात्रा निकालिएको थियो । महाशिवरात्रीको दिनसम्म चल्ने महायज्ञमा पण्डित सन्तोषकुमार चालिसेले सुमधुर शैलीमा कथावाचन गर्नेछन् ।