लालबन्दीमा अल नेपाल फूलकन्ट्याक्ट कराँते सूरु

1333
शुक्रबार बिहान लालबन्दी बजारमा प्रभातफेरिमा सहभागि कराँते खेलाडीहरु । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको लालबन्दीमा आज (शुक्रबार) बिहानबाट फष्ट लालबन्दी अल नेपाल फुलकन्ट्याक्ट कराँते ओपन च्याम्पियनशिप २०७६ सूरु भएको छ ।

नेपाल क्योकुशिन कराँते संघ सर्लाहीको आयोजनामा लालबन्दी स्थित तरकारी बजारमा प्रतियोगिता सूरु भएको आयोजक संस्थाका आशिशबाबु दाहालले जानकारी दिए । शुक्रबार र शनिबार चल्ने प्रतियोगितामा मुलुकभरका २५० जना खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् । विभिन्न तौल समुहमा पुरुष र महिला खेलाडीले भाग लिने दाहालले जानकारी दिए ।

प्रतियोगिता सूरु हुनुअघि बिहान मुलुकभरबाट जम्मा भएका कराँते खेलाडीहरुले लालबन्दी बजारमा प्रभातफेरि गरेका थिए ।