
चक्रघट्टा – सर्लाहीको चक्रघट्टा गाउँपालिकामा बिहिवारबाट छोरी शिक्षा बीमा कार्यक्रम सुरु भएको छ ।
शिविर उद्घाटन भएकै दिन बिविहार मात्र ११९ जना छोरीहरुको शिक्षा बीमा गरिएको गाउँपालिकाको राष्ट्रिय परिचय पत्र तथा पञ्चीकरण विभाग शाखाका प्रमुख पवन कुशावाहा जानकारी दिए । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत गाउँपालिका स्तरीय कार्यक्रमको चक्रघट्टा गाउँपालिकाका प्रमुख विक्रम यादवले उद्घाटन गरेका हुन् । बिहिवार पहिलो दिन गाउँपालिका कार्यालयकै प्रांगणमा सबै वडाका लागि निःशुल्क शिविर राखेपनि छुटेका अभिभावकका लागि अब सम्वन्धित वडाको सिफारिस अनुसार छोरीहरुको बीमा गराइने गाउँपालिका कार्यालयले जनाएको छ ।
यसैक्रममा आज (शुक्रवार) बाट जिल्लाको चन्द्रनगर गाउँपालिकाले पनि छोरी शिक्षा बीमा कार्यक्रमको सुरुवात गर्दैछ । २० वटा स्थानीय तह रहेको सर्लाहीमा अहिले धमाधम सबै पालिकाहरुले छोरीहरुको शिक्षा बीमा गरिरहेका छन् । छोरी शिक्षा बीमा कार्यक्रम अन्तर्गत प्रदेश सरकारले २०७५ साल माघ १ यता जन्मिएका छोरीहरुको नाममा धमाधम मुद्धती खाता खोल्दीरहेको छ ।