पर्सा गाउँपालिकामा छोरी शिक्षा बीमा कार्यक्रम प्रारम्भ

132

पर्सा – सर्लाहीका स्थानीय तहले धमाधम छोरी शिक्षा बीमा कार्यक्रम लागू गरिरहेका छन् । छोरीको भु्रण हत्या र छोरी जन्मिएपछि भरहेको विभेद अन्त्य गर्न भन्दै निकै प्राथमिकता दिएर प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।

त्यसैक्रममा जिल्लाको भारतीय सीमावर्ती क्षेत्रस्थित दक्षिण–पूर्वी भेगको पर्सा गाउँपालिकाले पनि छोरी शिक्षा बीमा कार्यक्रमको सुरुवात गरेको छ । बुधवार दोस्रो चरणमा निःशुल्क शिविर आयोजना गरी २०७५ साल माघ १ यता जन्मिएका छोरीहरुको शिक्षा बीमा गरिएको पर्सा गाउँपालिकाका अध्यक्ष किसुनदेव रायले जानकारी दिए । शिक्षा बीमा गराउन अभिभावकको निकै आकर्षण देखिएको गाउँपालिका अध्यक्ष रायले बताए ।