घरको छतबाट खसेर बालक घाईते

107

कौडेना – सर्लाहीको दक्षिणी भेगस्थित कौडेना गाउँपालिका–५, छप्कैयामा मंगलवार अपरान्ह घरको छतबाट खसेर एक बालक गम्भीर घाईते भएका छन् ।

खेल्ने क्रममा एक तले घरको छतबाट खसेर स्थानीय धीरेन्द्र मुखियाका २ वर्षीय छोरा दीपेश मुखिया गम्भीर घाईते भएका हुन् । टाउकोमा चोट लाग्नुका साथै बायाँ कानबाट रगत बगिरहेको अवस्थामा घाईते बालकलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मलंगवा ल्याइएको थियो । उनलाई त्यहाँ सामान्य उपचार गरी मंगलवार साँझ नै वीरगञ्जतर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।