फूटबलका चार खेल सम्पन्न

125

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–६, स्थित खेल मैदानमा बेसिक लेबल इन्टर स्कुल रनिङ शिल्ड फुटबल टूर्नामेन्टमा आइतवार चार खेल सम्पन्न भएका छन् ।

प्रतियोगितामा आइतवार आइडिएल आवासिय विद्यालय लालबन्दीले ईश्वरपुर मनकामना आवासिय विद्यालय बयलवासलाई, लालीगुराँस आवासिय विद्यालय बयलवासले न्यू एभरेष्ट आवासिय विद्यालय हरिपुरलाई, एभरेष्ट आवासिय विद्यालय लालबन्दीले कसमस आवासिय विद्यालय हरिपुरलाई र रकभेल आवासिय विद्यालय लालबन्दीले पिसजोन आवासिय विद्यालय नवलपुरलाई पराजित गरेका छन् । प्रतियोगिताको फाइनल खेल माघ २९ गते हुने प्याब्सनका लालबन्दी नगर सचिव भरत देवकोटाले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको बिजेताले रनिङ शिल्ड प्राप्त गर्नेछ । प्याब्सन एरिया सी का १८ वटा विद्यालयको सहभागितामा खेल भइरहेको हो ।