प्रदेश सांसद् डिल्ली प्रसाद उप्रेतीद्वारा पूर्व सांसद नरेन्द्र साह सम्मानित

कार्यक्रममा पूर्व सांसद् साहलाई सम्मान पत्र प्रदान गर्दै प्रदेश सांसद् उप्रेती । (तस्बिर : अच्युत/उज्यालो अभियान)

हरिवन – प्रदेश सांसद् डिल्ली प्रसाद उप्रेतीले पूर्व सांसद् नरेन्द्र साहलाई सम्मान गरेका छन् ।

उद्योग वाणिज्य संघ हरिवनको वार्षिक साधारण सभा एवं तेस्रो अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि प्रदेश सांसद् उप्रेतीले आईतबार दिउँसो पूर्व सांसद् साहलाई सम्मान पत्र प्रदान गरेका हुन् । पूर्व सांसद साहले संघलाई विश्वास गरेर ओड्ने कम्बल, फोहोर फाल्ने डस्टविन लगायत विभिन्न सहयोग सामग्री दिनुका साथै संघकै आग्रहमा हरिवन बजारमा सीसीटिभी सहयोग गरेको भन्दै उद्योग वाणिज्य संघ हरिवनले सम्मान पत्र प्रदान गरेको अध्यक्ष मोहनलाल श्रेष्ठले जानकारी दिए । २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सभासद् बनेको साहले २०७४ सालको प्रतिनिधि सभा एवं प्रदेश निर्वाचन अन्तर्गत क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेद्वारी दिएका थिए । पराजित भएपनि उनले निरन्तर आफूले उम्मेद्वारी दिएको निर्वाचन क्षेत्र भित्र विभिन्नखाले सहयोग गर्दै आएका छन् ।

कार्यक्रममा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल लगायतको उपस्थिती रहेको छ । साँझसम्म चल्ने अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने महासचिव रामचन्द्र गौतमले जानकारी दिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!