विप्लवका सर्लाही इन्चार्ज लामा पक्राउ

729


सर्लाही प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला इन्चार्ज लालबहादुर लामालाई पक्राउ गरेको छ ।
प्रहरीले लामालाई लालबन्दी नगरपालिका–६, स्थित एक घरबाट पक्राउ गरेको हो । लामा हरिवन नगरपालिका–१०, निवासी हुन् ।
जिल्लाको परवानीपुरमा ऐनसेल टावरमा विष्फोट र बागमतीमा स्काभेटरमा आगजनी भएको घटनामा लामाको संलग्नता रहेको प्रहरीले जनाएको छ । अनुसन्धान अघि बढाउन म्याद लिन भन्दै प्रहरीले लामालाई अहिले सर्लाही जिल्ला अदालत पेश गरेको छ ।