बागमतीमा १५१ छोरीको बीमा

342
बीमा गराउन ल्याईएको बालिका बोकेर कार्यक्रम उद्घाटन गर्दै उपमेयर मोक्तान । (तस्बिर : सरिता सापकोटा/उज्यालो अभियान)

सरिता सापकोटा/बागमती – प्रदेश सरकारको गौरवको कार्यक्रम छोरी शिक्षा बागमतीमा १५१ छोरीको बीमा तथा स्वास्थ्य परीक्षण कार्यक्रम सर्लाहीको बागमतीमा पनि लागु भएको छ ।

मंगलवारबाट शुभारम्भ भएको कार्यक्रममा पहिलो दिन नै १५१ जना बालिकाको स्वास्थ्य परीक्षण तथा शिक्षा बीमा गरिएको बागमती नगरपालिका कार्यालयले जनाएको छ । बिहान बागमती नगरपालिका–४ जिरायत स्थित ईकाई स्वस्थ्य चौकी प्रांगणमा एक समारोह विच नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तानले स्वास्थ्य परीक्षण एवं बीमा कार्यक्रमको उद्घाटन गरेकी थिईन् ।

कार्यक्रमको उद्घाटन गर्दै उपमेयर मोक्तानले ०७५ साल माघ १ गते पछि जन्मिएका सम्पुर्ण छोरीहरुलाई यस कार्यक्रममा समेट्ने बताईन् । कार्यक्रम सामान्य लागेपनि यसको सकारात्मक प्रभाव दिर्घकालीन हुने उपमेयर मोक्तानको भनाई थियो । यस कार्यक्रम मार्फत बालबिबाह रोक्न सगैँ छोरीहरुलाई उच्च शिक्षा अध्यनमा टेवा पुग्ने उनको दावी छ । मंगलवार छुटेका छोरीहरुलाई नगर कार्यलयबाट सेवा दिईने उनले बताईन् ।

प्रदेश सरकरको निती बमोजिम छोरी बीमा गरिएको र घरमा निःशुल्क ईन्टरनेट जडान प्रकृया समेत सुरु गरिएको नरपालिकाका प्रमुख प्र्रशासकीय प्रमुख विमल कुमार पोखरेलले जानकारी दिए ।