सर्लाहीमा मोटरसाइकल दुर्घटना, पाँच जना घाईते

126

सर्लाहीको दुई छुट्टछुट्टै स्थानमा सोमवार राती भएका मोटरसाइकल दुर्घटनामा पाँच जना घाईते भएका छन् ।


जिल्ला सदरमुकाम मलंगवा नगरपालिका–८, स्थित प्रहरी चौकी गोरखकाली अगाडि बीआर ३० जे ७५५२ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक भारतको सीतामढी सोनवर्षा बस्ने २८ वर्षीय रिपुकुमार पटेल, मोटरसाइकल पछाडि सवार सोनवर्षाकै ४० वर्षीय अनिल पटेल र ३० वर्षीय विक्रान्त पटेल घाईते घाईते भएका छन् ।

घाईते तीनै जनाले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । तीनै घाईतेलाई जिल्ला अस्पताल मलंगवामा सामान्य उपचार गरी थप उपचारका लागि सोनवर्षा तर्फ नै लगिएको छ ।
यस्तै जिल्लाको बसबरिया गाउँपालिका–३, भवानीपुरमा बीआर ०६ एडी ५९३१ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री त्यही ठाउँका अन्दाजी ६० वर्षीय राम भरोसी सहनी घाईते भएका छन् । वृद्धलाई ठक्कर दिई मोटरसाइकल पल्टिँदा चालक बसबरिया गाउँपालिका–३, कै २२ वर्षीय मजर हुसेन पनि भएका छन् । उनीहरु दुवैको बरहथवास्थित एक निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।