बयलवासमा जारी प्रदेश स्तरीय फुटबलको उपाधिका लागि आज फुलजोर र एपिएफले खेल्दै

348

सर्लाहीको ईश्वरपुरमा जारी प्रदेश स्तरीय फुटबलको उपाधिका लागि आज आयोजक फुलजोर युवा क्लब बयलवास र सशस्त्र प्रहरीको एपिएफ क्लबले खेल्दै छन् ।

यी दुईबीचको खेल दिउँसो १ बजेपछि नारायण माध्यमिक विद्यालय बयलवासको मैदानमा सुरु हुनेछ ।

आयोजक फुलजोर बारालाई र सशस्त्र प्रहरीको नम्वर २ छिन्नमस्ता बाहिनी बर्दिवास, पर्सालाई सेमीफाइनलमा पराजित गरी फाइनलमा प्रवेश गरेका हुन् ।

प्रतियोगिताको बिजेता र उपबिजेताले क्रमश ः एक लाख र ५० हजार रुपैयाँ प्राप्त गर्ने छ ।