किसान महासंघको बैठक सम्पन्न

143

नवलपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासंघ सर्लाहीको आइतवार पहिलो बैठक बसेको छ ।

महासंघकी जिल्ला संयोजक सुमित्रा श्रेष्ठको अध्यक्षता एवं नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तको प्रमुख आतिथ्यतामा नवलपुरमा बैठक बसेको हो । बैठकले माघ मसान्तभित्र उखु किसानलाई चिनी उद्योगले दिनुपर्ने बक्यौता र सरकारबाट प्रदान गरिने अनुदान रकम उपलब्ध नगराए सशक्त आन्दोलनमा उत्रने निर्णय गरेको अखिल नेपाल किसान महासंघका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य प्रकाश थापाले जानकारी दिए । बैठकमा नेकपा प्रदेश कमिटीका सदस्य लुमडी प्रसाद धिमाल (लोचन), राजकुमार उप्रेती लगायतको आतिथ्यता रहेको थियो । अखिल नेपाल किसान महासंघ सर्लाहीमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि गठन भएको कमिटीमा ४२ जना सदस्य छन् ।