सनराईजमा टीका मेमोरियल फूटबल

159
प्रतियोगिता उद्घाटन समारोहमा उपस्थित अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सनराईज ईङ्लिस बोर्डीङ स्कुलको आयोजनामा १५ औं टीका मेमोरियल फूटबल प्रतियोगिता सूरु भएको छ ।

आईतबार दिउँसो हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसार्ईले प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन खेलमा आयोजक सनराईजले बागमतीको जिरायत स्थित सेफ बोर्डीङ स्कूललाई १–० गोलले हराएको छ । सोमबार पहिलो खेल पिस जोन नवलपुर र लालीगुँरास बयलबास बिच तथा दोस्रो खेल तराई सृजनशिल अत्रौली र डिएभी हरिवन बिच हुने छ ।

स्कुलका संस्थापक ज्ञान प्रसाद पोखरेलको अध्यक्षता तथा हरिवन नगपालिकाका प्रमुख गणेश प्रसाद प्रसाईको प्रमुख आतित्यथामा प्रतियोगीता उद्घाटन समारोह भएको थियो । युगल सुवेदीको सञ्चालन रहेको कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक सुशिल पराजुली, अभिभावक प्रतिनिधिको रुपमा चूडामणि वाग्ले, रेडियो सर्लाहीका अध्यक्ष भरतकुमार कार्की, सेफ बोर्डीङ स्कूलका सञ्चालक डिबी फुयाँल लगायतको आतिथ्यता रहेको थियो ।

निमावि स्तरका निजी विद्यालयहरुबीच हुने प्रतियोगितामा यसवर्ष १४ वटा बिद्यालयले भाग लिएको आयोजक सनराईजले जानकारी दिएको छ । आगामी माघ २५ गते हुने फाईनल प्रतिष्पर्धाका विजयी टिमले रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।