कांग्रेसका जुझारु कार्यकर्ता बस्नेतको निधन

291

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–२, नवलपुर निवासी नेपाली कांग्रेसका जुझारु कार्यकर्ता रामजी बस्नेतको ५० वर्षको उमेरमा निधन भएको छ ।
भित्री स्वास्थ्य समस्याबाट पीडित बस्नेतको उपचारका क्रममा चितवनमा निधन भएको हो । उनको पार्थिव शरीरलाई शनिवार दिउँसो बागमतीमा ल्याई अन्त्येष्टि गरिएको छ । पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा राज्य पक्षबाट चरम यातना खपेका बस्नेतको पार्थिव शरीरमा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, कांग्रेसका महासमिति सदस्य दीपक अधिकारी र लालबन्दी नगर सभापति प्रशान्त आचार्यले पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरे ।