आज साँझ हरिवनमा महोत्सवलाई तताउन चर्चित गायक डिजराज आउँदै

गायक डिजराज पौडेल ।

हरिवन – तामाङ समुदायको नयाँ वर्ष २८५६ औं सोनाम ल्होछार पर्वको अवसरमा सर्लाहीको हरिवनमा जारी ल्होछार महोत्सवमा आज (आईतबार) साँझ चर्चित गायक डिजराज पौडेलले प्रस्तुती दिदैछन् ।

गायक पौडेलका फुलबुट्टे सारिमा……., सुनैको दरबार………., तिमी आउने बाटोमा………., चौका परेपछि…………, पापिनीले सुन्दै सुनिन………, नक्कली झिल्के……….लगायत चर्चित गीतहरु रहेका छन् । पौडेलले झण्डै एक दर्जन गीतहरु गाउने आयोजकले बताएका छन् । गायक पौडेलले सर्लाहीको हरिवन महोत्सवमा आज साँझ आफूसँगै रमाईलो गर्न अनि छमछमी नाच्न आम दर्शकलाई निमन्त्रणा सहित आग्रह समेत गरेका छन् । त्यस्तै आजै साँझ महोत्सवमा गायिका सरु गौतमको समेत प्रस्तुती रहेको आयोजक समितिले जनाएको छ ।

तामाङ समुदायको भेषभूषा, कला, संस्कृति, परम्पराको जगेर्ना गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजक समितिका संयोजक नेपाल तामाङ युवा घेदुङ सर्लाहीका अध्यक्ष एवं प्रदेश नं. २ का ईन्चार्ज सचित तामाङले जानकारी दिए । सोनाम ल्होछार प्रवद्र्धन, हाम्रो साँस्कृतिक एकताको मुल नारा, ताम्सालिङ प्रदेशको स्थापना हाम्रो राजनैतिक एकताको अभिभारा’ भन्ने मूल नारा सहित महोत्सव आयोजना गरिएको आयोजक समितिका सह–संयोजक पंच लामाले जानकारी दिए ।