सर्लाहीको कविलासी नगरपालिका ४, हेमपुरस्थित भित्री सडकमा सुक्रवार साँझ दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एकै परिवारका चारसहित पाँच जना घाईते भएका छन् ।
बीआर ०६ एवाई ४३१२ र बीआर ३० के १३६२ नम्वरको मोटरसाइकल आपसमा ठोक्किँदा चार जना घाईते भएका हुन् । दुर्घटनामा बीआर ३० के १३६२ नम्वरको मोटरसाइकल चालक बसबरिया गाउँपालिका ५, धनगढाका २८ वर्षीय अजय पंडित र अर्को बीआर ०६ एवाई ४३१२ नम्वरको मोटरसाइकलमा सवार एकै परिवारका चार जना घाईते भएका छन् ।
दुर्घटनामा बरहथवा नगरपालिका १८, श्रीपुर बस्ने २६ वर्षीय प्रमेन्द्र राय, उहाँकी २५ वर्षीया श्रीमती बबिता देवी, ३ वर्षको छोरा सौरब कुमार र ५ वर्षीया छोरी सन्ध्या कुमारी घाईते भएका हुन् ।
घाईते पाँचै जनालाई जिल्ला अस्पताल मलंगवामा सामान्य उपचार गरी वीरगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।