सशस्त्र प्रहरीलाई फूटबलको उपाधी

222

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवासमा जारी २ नं. प्रदेश स्तरीय फुटबल प्रतियोगितामा वुधवार सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनी बिजयी भएको छ ।

महोत्तरीको बर्दिवासस्थित बाहिनीले रौतहटलाई २–० गोल अन्तरले पराजित गरेको हो । प्रतियोगितामा बिहिबार बारा र महोत्तरीबीच प्रतिस्पर्धा हुने आयोजक फूलजोर युवा क्लबका सदस्य समिर केसीले जानकारी दिए । १० क्बलको सहभागितामा नारायण माध्यमिक विद्यालय बयलवासको प्रागंणमा आयोजित प्रतियोगिताको फाइनल खेल यही माघ २१ गते हुने छ । प्रतियोगिताको बिजेता तथा उपबिजेताले क्रमश ः १ लाख १ रुपैयाँ तथा ५० हजार १ रुपैयाँ प्राप्त गर्ने आयोजक फूलजोर युवा क्लबले जनाएको छ ।

यसैबीच लालबन्दी नगरपालिका–२, पुर्नवासमा जारी टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा वुधवार मलंगवा यूथ क्लबले गढिमाई यूथ क्लब हेमपुरलाई ३८ रनले पराजित गरेको छ ।