कालोपत्रे हुने सडकको अनुगमन समिति

429
भेलाका सहभागि ।

सञ्जु कर्ण/हरिवन – सर्लाहीको हरिवन नगरपालिका–९, स्थित सुखेपोखरीदेखि दनुवारी गाउँको लुंगेली टोलसम्म कालोपत्रे हुन लागेको सडकको अनुगमन गर्न समिति गठन गरिएको छ ।

वुधवार दनुवारीमा सम्पन्न स्थानीय वासिन्दाको बृहत भेलाले राज उपे्रतीको अध्यक्षतामा १७ सदस्यीय सडक अनुगमन समिति गठन गरेको हो । नगरपालिकाबाट टेण्डर आह्वान भई सो सडक यथाशीघ्र कालोपत्रे गर्न लागिएको हरिवन नगरपालिका–९ का वडाध्यक्ष सीताराम पोखरेलले जानकारी दिए ।

स्थानीय भद्रभलाद्मी, वुद्धिजिवी, समाजसेवी लगायत सम्पूर्ण सरोकारवाला र स्थानीय वासिन्दाको उल्लेख्य उपस्थितिमा वडाको प्राथमिकतामा परेको सडक कालोपत्रेलाई गणुस्तरीय बनाउन अनुगमन समिति गठन गरिएको वडाध्यक्ष पोखरेलले बताए । सडक कालोपत्रेको काम गुणस्तरीय बनाउन पछिल्लो समय ठेक्का लागेको सडकमा समेत स्थानीय स्तरमा अनुगमन समिति गठन गरेर चासो व्यक्त गर्न थालिएको छ ।