आगलागीपीडित घिसिङको घर निर्माण तिब्र

946
घिसिङ परिवारका लागि निर्माण हुँदै गरेको घर । (तस्बिर : उज्यालो अभियान)

हरिवन (कोठिखोला) – बिद्युत सर्टका कारण भएको आगलागीबाट घर ध्वस्त भएपछि विचल्लीमा परेका एक परिवारलाई सहयोग स्वरुप घर निर्माण कार्य भईरहेको छ ।

हरिवन नगरपालिका–१, कोठिखोला निवासी दुर्गालाल घिसिङको परिवारका लागि घर निर्माण कार्य तिब्र रुपमा भईरहेको हो । चितवन निवासी सामाजिक अभियन्ता रन्जिता गुरुङको अगुवाईमा घिसिङ परिवारको घर निर्माण भैरहेको नेकपा सर्लाहीका युवा नेता निशान थापा मगरले जानकारी दिए ।

थापा मगरका अनुसार आर्थिक अवस्था अत्यन्तै कमजोर भएका घिसिङ परिवारलाई घर निर्माणका लागि हरिवन नगरपालिकाका मेयर मेयर गणेश प्रसाईले नगरको तर्फबाट एकलाख रुपैया सहयोग गरेको र अन्य मनकारी दाताबाट सहयोग संकलन गर्दै ३ कोठे पक्की घर निर्माण भईरहेको छ । यसैक्रममा सुर्यध्वज घिसिङले २ हजार इट्टा तथा स्थानीय व्यवसायी सन्तलाल घिसिङले ६ बोरा सिमेन्ट र २ टिप बालुवा तथा स्थानीय चक्र लामा बाट ५ टिप ढुंगा र ४ टिप बालुवा सहयोग स्वरुप प्राप्त भएको घर निर्माणमा सकृय हरिवन चापिनी निवासी कामना क्याप्छाकी मगरले जानकारी दिए ।

अन्य मनकारी दातालाई पनि घर निर्माणमा सहयोग गर्न सामाजिक अभियन्ता गुरुङले आग्रह गरेकी छिन् । ‘सबैको सानो सानो सहयोगले घिसिङ परिवारलाई ठूलो राहत पुग्छ’, गुरुङले आग्रह गरिन्, ‘त्यसैले सबै दाताहरुसँग यथाशक्य सहयोगका लागि अनुरोध गर्दछु ।’