हरिवनमा मुखबाट रगत र फिँज निस्किरहेको अवस्थामा एक पुरुषको शव फेला

284


सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिका–२, अत्रौली पाकडगाँछीमा एक पुरुष मृत फेला परेका छन् ।

मंगलवार साँझ सोही ठाउँका ५५ वर्षीय पूर्णबहादुर काफ्ले पाकडगाँछीबाट मिलनचोकतर्फ जाने ग्राबेल सडक छेउमा मुखबाट रगत र फिज निस्किरहेको अवस्थामा मृत फेला परेका हुन् । ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक सुवास भट्टराईले काफ्लेले अत्यधिक मदिरा सेवन गर्ने गरेको पाइएको बताए ।

धेरै मदिरा सेवनकै कारण काफ्लेको मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइ घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।