हरिवनमा ज्येष्ठ नागरिक सम्मानित

185
ज्येष्ठ नागरिकलाई सम्मान गर्दै हरिवनका नगरप्रमुख गणेशप्रसाद प्रसाई । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–१, अत्रौलीमा २२५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

वडा कार्यालयले वडाभित्रका ज्येष्ठ नागरिकलाई आइतवार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । नगरप्रमुख गणेशप्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा ज्येष्ठ नागरिक, असहायक र लक्षित वर्गलाई कम्बल प्रदान गरी सम्मान गरिएको वडाध्यक्ष रामबहादुर क्यापछाकी मगरले जानकारी दिए । कार्यक्रममा नगरप्रमुख प्रसाईले ज्येष्ठ नागरिक र समाजमा पछि परेका सबै वर्गको सुखःदुखमा नगरपालिका सदैव साथमै रहेको बताए ।