हरिपुरमा निःशुल्क शारिरीक जाँच सम्पन्न

253

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिकाकामा एकदिने निःशुल्क शारीरिक परिक्षण शिविर आइतवार सम्पन्न भएको छ ।

हरिपुर नगरपालिकाको आयोजना र प्रेरणा शारिरीक पुनस्र्थापना केन्द्र मलंगवाको संयोजन तथा प्राविधिक सहयोगमा एक दिने निःशुल्क शारिरीक परिक्षण शिविर सम्पन्न भएको हो । शिविरमा ८७ जनाले शारिरीक जाँच गराई लाभ लिएका छन् । सेवाग्राहीमध्ये ५० जनालाई थप फिजीयोथेरापीको लागि संयोजक प्रेरणा शारिरीक पुनस्र्थापना केन्द्र मलंगवामा व्यवस्था मिलाईएको छ । जाँच गराएका ३२ जनालाई सहायक आवश्यक सामग्री मिलाईने र पाँच जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको आयोजक हरिपुर नगरपालिकाले जनाएको छ ।