सर्लाहीमा पनि ६७ औँ कुष्ठ रोग दिवस मनाईयो

279
कुष्ठ रोग दिवसका अवसरमा आईतबार हरिवनमा आयोजित कार्यक्रम । (तस्बिर : सञ्जु/उज्यालो अभियान)

सञ्जु कर्ण/हरिवन – ‘कुष्ठरोग विरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्य मानव अधिकारको सम्मान’ भन्ने मूल नाराका साथ आइतवार ६७ औँ विश्व कुष्ठ रोग दिवस सर्लाहीमा पनि मनाइएको छ ।

जिल्लाका विभिन्न पालिकामा आइतवार दिवसका अवसरमा कुष्ठरोगका सम्वन्धमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएका छन् । सोही अवसरमा हरिवन नगरपालिकाको स्वास्थ्य शाखाले कुष्ठरोगका सम्वन्धमा अन्तरक्रिया सहित ७ जना प्रभावितलाई सम्मान गरी दिवस मनाएको छ । वडा नं.८ का वडाध्यक्ष एवं नगर स्वास्थ्य समितिका संयोजक यज्ञविनोद ढुंगेलको अध्यक्षता एवं नगरप्रमुख गणेशप्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो ।

यसैगरी ईश्वरपुर नगरपालिका–१५, मा पनि कुष्ठरोगका सम्वन्धमा चेतनामूलक र्याली निकाली दिवस मनाइएको नगरप्रमुख मनोजकुमार देवकोटाले बताए । र्यालीमा नगर उपप्रमुख एकावती देवी चौधरी, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, शिक्षक, विद्यार्थी, महिला स्वंमसेवी र स्थानीय वासिन्दाको उपस्थिति रहेको थियो ।

स्वास्थ्य संस्थामा निःशुल्क औषधोपचार हुने कुष्ठरोग लाग्दा अझै पनि देवी देवताको पाप भन्दै उपचार गराइँदैन् । तर स्वास्थ्यकर्मीहरुले यो एउटा रोग भएकाले कुनै सोँच नराखी औषधोपचार गर्न आग्रह गर्दै आएका छन् ।