फूलजोर र पुर्नवासमा क्रिकेट प्रतियोगिता

342

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–२, पुर्नवासमा जारी टि–ट्वान्टी क्रिकेटमा आइतवार एक खेल सम्पन्न भएको छ ।

प्रतियोगितामा आईतबार आयोजक पुर्नवास ११ ले लालबन्दीको जय माता दी यूथ क्लबलाई १९ रनले पराजित गरेको आयोजक समितिका अभयकुमार पासवानले जानकारी दिए ।
यस्तै आइतवारबाट ईश्वरपुर नगरपालिकास्थित नारायण माध्यमिक विद्यालयको प्रांगणमा प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । फूलजोर युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको आयोजक क्लबका कार्यवाहक अध्यक्ष इब्राहिम अन्सारीको अध्यक्षतामा नगरप्रमुख मनोज कुमार देवकोटाले उद्घाटन गरेका हुन् ।