दुई समुदायबीचको विवाद मिल्यो

144

पर्सा – भारतीय सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको पर्सा गाउँपालिकामा दुई समुदायबीच जारी विवाद समाधान भएको छ ।

पर्सा गाउँपालिका–६, मा मुस्लिम र हिन्दु समुदायबीच पर्व मनाउने विषयमा लामो समयदेखि विवाद चल्दै आएको थियो । पर्सा गाउँपालिकाका जनप्रतिनिधि र जिल्लाका सुरक्षा अधिकारीको रोहबरमा पर्सा गाउँमै आयोजित सर्वपक्षिय छलफलमा दुवै समुदायका अगुवाले एक–अर्काको पर्व मनाउँदा कुनै अवरोध नगर्ने सहमति जनाएका हुन् ।

त्यस ठाउँमा गत वर्ष हिन्दु समुदायले मस्जिद अगाडिबाट सरस्वतीको मूर्ति विर्सजन गर्न लैजान खोज्दा मुस्लिम समुदायले अवरोध गरेका थिए । यस्तै केही समयअघि मुस्लिम समुदायले पैगम्बरको जन्मोत्सव मनाउँदा हिन्दु समुदायबाट अवरोध भएको थियो । छलफलमा दुवै समुदायका अगुवाले शान्तिपूर्ण किसिमले चाडपर्व मनाउँदा कसैले कसैलाई अवरोध नगर्ने सहमति जनाएका पर्सा गाउँपालिकाका अध्यक्ष किसनुदेव रायले जानकारी दिए । कुनै समुदायले सार्वजनिक सडकमा शान्तिपूर्ण किसिमले निकालेको ¥यालीमा अर्को पक्षले रोकछेक नगर्ने सहमति समेत भएको बताइएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले छलफल सकारात्मक भएको बताउँदै आगामी दिनमा कुनै एक समुदायबाट अर्को समुदायको उत्सव तथा पर्वमा अवरोध नहुने विश्वास व्यक्त गरे ।