मूर्तियाबाट तस्करीको काठ बरामद

952

प्रहरीले सर्लाहीको हरिपुर नगरपालिका–१, मूर्तियाबाट तस्करीको काठ बरामद गरेको छ ।


नजिकैको वनबाट ट्याक्टरमा काठ तस्करी गरेर ल्याउँदै गर्दा अवैध काठ र ट्याक्टरका चालक पक्राउ परेका हुन् । को २ त ६४८० नम्वरको ट्याक्टरमा तस्करी हुँदै गरेको हलुण्डे १० गोलिया (५८.३७ क्यूफिट, बर्रो एक गोलिया (६. ९४ क्यूफिट) र साल चार गोलिया (५.३२ क्यूफिट) काठ बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको काठ र ट्याक्टर हाल शव डिभिजन कार्यालय मूर्तियामा र ट्याक्टरका चालक धनकौल गाउँपालिका–३, हरकठवाका ३९ वर्षीय नागेन्द्रप्रसाद यादव डिभिजन वन कार्यालय लालबन्दीको नियन्त्रणमा छन् ।
बरामद गरिएको काठ, ट्याक्टर र चालकविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धान अधिकृत तोकी कारवाही अघि बढाउने तयारी भइरहेको शव डिभिजन वन कार्यालय मूर्तियाका प्रमुख चन्द्रप्रकाश यादवले जानकारी दिए ।

उनले राजनीतिक दबाबमा दोषीलाई छोड्न लागेको हल्ला चलेपनि त्यो सत्य नभएको दावी गर्दै कारवाहीका लागि कानुनी प्रक्रिया अघि बढाइएको दावी गरेका छन् ।