लालबन्दीमा अटोबाट खसेर एक यात्रुको मृत्यु

718

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–९, डिभिजन वन कार्यालय अगाडि अटोबाट खसेर एक जनाको मृत्यु भएको छ ।

हरिवनबाट लालबन्दीतर्फ आइरहेको ना २ ह ४३६३ नम्वरको अटोबाट खसेर मृत्यु भएका अन्दाजी ४०÷४५ वर्षका पुरुषको परिचय खुल्न नसकेको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । बिहिवार दिउँसो २ बजेतिर अटोबाट लडेर गम्भीर घाईते भएका ती पुरुषको उपचारका क्रममा राती समर अस्पताल जनकपुरमा मृत्यु भएको हो । उनलाई लालबन्दीलाई सामान्य उपचार गरी जनकपुर रेफर गरिएको थियो ।

दुर्घटनामा संलग्न अटो र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् । अटोका चालकले मृतक व्यक्ति सासापुरस्थित गणेश चोकबाट चढेका थिए । प्रहरीले मृतकको परिचय खुलाउने प्रयास भइरहेको जनाएको छ ।