हरिवनमा मोटरसाइकल दुर्घटनामा परी दुई घाईते, एक बालकको अवस्था गम्भीर

654


सर्लाहीको हरिवनमा भएका बेग्लाबेग्लै मोटरसाइकल दुर्घटनामा परी एक बालकसहित दुई जना घाईते भएका छन् ।

मंगलवार राती हरिवन नगरपालिका–८, स्थित भित्री सडकमा नारायणचोकबाट हरिवन बजारतर्फ आउँदै गरेको लु ५७ प ११६८ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिँदा चालक त्यहीँ ठाउँका ३६ वर्षका सोमराज पाख्रिन घाईते भएका छन् । पाख्रिनको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै मंगलवार दिउँसो पूर्व–पश्चिम राजमार्गस्थित हरिवन नगरपालिका–११, हरिवन बजारमा बा ७३ प ७५२२ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा त्यही ठाउँका सदरे आलमका ९ वर्षीय छोरा साहदुल आलम घाईते भएका छन् । बालकलाई हरिवनमा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।