सर्लाहीको औरहीमा पाँच महिनाको भू्रण मृत भेटियो

324


सर्लाहीको चक्रघट्टा गाउँपालिका–८, औरहीमा चार\पाँच महिनाको भू्रण मृत फेला परेको छ ।

औरहीस्थित सार्वजनिक पोखरीमा मृत भू्रण फेला परेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाको मुद्दा फाँटका प्रहरी निरीक्षक उमाशङ्कर प्रसाद गुप्ताले जानकारी दिए । पोखरीमा तैरी रहेको अवस्थामा मृत भु्रण देखेपछि स्थानीय वासिन्दाले प्रहरी चौकी औरहीमा खबर गरेका थिए । तत्कालै प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक (असई) र जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) को नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

मृत भू्रण पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याई भू्रण फाल्ने व्यत्तिको पहिचान गर्न अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गुप्ताले बताए ।