राष्ट्रिय युवा संघ नेपाल सर्लाहीले पायो पूर्णता

1371


सर्लाहीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीले पूर्णता पाएको छ ।

सोमवार हरिवनमा सम्पन्न भेलाबाट संघको ५५ सदस्यीय जिल्ला कमिटीलाई पूर्णता दिइएको घोषणा गरिएको हो । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको दिन पारेर घोषणा गरिएको संघको जिल्ला कमिटी संयोजकमा तत्कालिन वाइसियलबाट संजय पाँचे मगर तथा सह–संयोजकमा तत्कालिन युवा संघ नेपालबाट सुक्रबहादुर थिङ र अन्य सदस्य रहेका छन् । कमिटीमा वाइसिएलबाट ३० तथा युवा संघ नेपालबाट २५ जना गरी जम्मा ५५ जना सदस्य छन् ।

कमिटीका संयोजक मगरकै अध्यक्षता एवं राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सन्देश श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित भेलामा प्रदेश सभा सदस्य द्वोय डिल्लीप्रसाद उपे्रती र बेची लुंगेली, नेकपाका जिल्ला इन्चार्ज डाचाराज वाग्ले, नेता कमल बुढाथोकी, सुरेन्द्र लामा, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य समिर बराईली लगायतको आतिथ्यता थियो ।