अनेरास्ववियु सर्लाहीको संयोजकमा मैनाली चयन

1264
संयोजक मैनाली (बायाँ) र सह–संयोजक खान

हरिवन – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को सर्लाही नेतृत्व चयन भएको छ ।

अनेरास्ववियु सर्लाहीको संयोजकमा विवेक मैनाली तथा सह–संयोजकमा समिम खान चयन भएका हुन् । हरिवन निवासी मैनाली तत्कालिन माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी सर्लाहीका अध्यक्ष थिए भने मलंगवा नगरपालिका अन्तर्गत खुटौना निवासी खान तत्कालिन नेकपा एमाले निकट अनेरास्ववियु सर्लाहीका उपाध्यक्ष थिए । तत्कालिन एमाले सम्बद्ध अनेरास्ववियुका सर्लाही अध्यक्ष राजकुमार विश्वकर्मा केन्द्रीय लेखा आयोगको सदस्यमा चयन भएपछि उपाध्यक्ष खान जिल्ला सह–संयोजकमा मनोनित भएका हुन् ।

अनेरास्ववियूको केन्द्रीय एकता बैठकले मुलुकभरका सबै जिल्लामा आईतबार संयोजक र सह–संयोजक चयन गरेको हो ।