
कालिन्जोर – सर्लाहीको ईश्वरपुर नगरपालिकाको विकट क्षेत्रमा पर्ने वडा नं. १२ कालिन्जोरमा शुक्रवार २८ जना छोरीको शिक्षा बीमा गरिएको छ ।
प्रदेश सरकारको छोरी शिक्षा बीमा कार्यक्रम अन्तर्गत सुक्रवार कालिन्जोरस्थित वडा कार्यालयमा आयोजना गरिएको शिविरमा गत वर्षको माघ १ गतेपछि जन्मिएका २८ छोरीको बीमा गरिएको हो । कार्यक्रममा ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटा, उपप्रमुख एकावती देवी चौधरी, वडाध्यक्ष नागेन्द्र पाख्रिन लगायत सहभागी भएका थिए । सर्लाहीमा बिहिवार ईश्वरपुरबाटै छोरी शिक्षा बीमा कार्यक्रमको सुभारम्भ गरिएको थियो । बयलवासस्थित नारायण जनता प्राथमिक विद्यालयमा आयोजित शिविरमा झण्डै अढाई सय छोरीहरुको शिक्षा बीमा गरिएको थियो ।