हरिपुरमा थारु समुदायको माघी महोत्सव सकियो

179
थारु माघी महोत्सवका अवसरमा पचगछियामा निकालिएको ¥याली । (तस्बिर : उज्यालो अभियान)

हरिपुर – थारु समुदायको बाक्लो बसोवास रहेको सर्लाहीको हरिपुर नगरपालिका–७, पचगछियामा आयोजित थारु माघी महोत्सव सकिएको छ ।

थारु सम्वत २६४४ को अवसरमा थारु कल्याणकारिणी सभा सर्लाही र थारु कला साँस्कृतिक समिति पचगछियाले आयोजना गरेको महोत्सवको बिहिवार एक भव्य समारोहका बीच समापन गरिएको हो । महोत्सव समापनका अवसरमा थारु साँस्कृति प्रतियोगिता सम्पन्न गरिएको थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य आशनारायण चौधरीले जानकारी दिए ।

थारु कल्याणकारिणी सभा सर्लाहीका अध्यक्ष बलिराम चौधरीको अध्यक्षता एवं पूर्व सांसद रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा महोत्सवको समापन गरिएको हो । महोत्सवमा थारु जतिको भेषभुषा झल्किने झाँकी प्रदर्शनसहित अन्य साँस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् । पचगछियामा आयोजित माघी महोत्सवका अवसरमा बिहिवार हरिपुर नगरपालिकाले नगरभित्र सार्वजनिक बिदा समेत दिएको थियो ।