सर्लाहीमा सुक्रवार बिहान पानी परेपछि अवरुद्ध भएको विद्युत् तीन घण्टापछि सूचारु

407
सांकेतिक तस्बीर ।


सर्लाहीसहित आसपासका जिल्लामा सुक्रवार बिहान वर्षा भएको छ । मौसम बद्ली भई यस क्षेत्रमा पानी परेको हो । जिल्लाको मौसम पानी पर्ला जस्तो भई अहिलेसम्म धुम्मिरहेको छ ।

पानी परेपछि सुक्रवार बिहान जिल्लामा झण्डै तीन घण्टा विद्युत् अवरुद्ध भएको थियो । पानी परेपछि खराबी आएका ठाउँमा मर्मत गरी अधिकांश ठाउँमा विद्युत् चालू रहेको प्राधिकरणले जनाएको छ । खराबी आएका ठाउँमा प्राविधिक खटिएर मर्मत गरिरहेका छन् । पुराना विद्युतीय संरचनाका कारण सर्लाहीमा सानो पानी पर्ने बित्तिकै विद्युत् अवरुद्ध हुने गरेको छ ।

अहिलेको वर्षाले पाकेको गोलभेँडा बाहेक अन्य हिउँदे बालीलाई फाइदा पुगेको किसानले बताएका छन् । पाकेर टिप्ने बेला भएको गोलभेँडामा भने अहिले परिरहेको पानीले नोक्सान गरेको किसानको भनाई छ । बनाउँदै गरेको इँटामा पनि अहिले भएको वर्षाले क्षति गरेको व्यवसायीले बताएका छन् ।

यस्तै सामान्य वषामै सर्लाहीका भित्री कच्ची र निर्माणाधीन सडक तथा बजार क्षेत्र जलमग्न भएका छन् ।