बरहथवामा ट्रकले साइकललाई ठक्कर दियो, साइकल यात्री गम्भीर घाईते

294


सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तियास्थित रवी चोकमा बिहिवार अपरान्ह साइकलको ठक्करबाट एक जना घाईते भएका छन् ।

रवीचौकबाट दक्षिणतर्फ जाँदै गरेको ना ४ ख १८१४ नम्वरको ट्रकले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा साइकलमा सवार जिल्लाको बागमती नगरपालिका–९, शंकरपुरका ६२ वर्षीय रामस्वरुप राय यादव घाईते भएका प्रहरीले जनाएको छ ।

घाईते यादवलाई प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा सामान्य उपचार गरी थप उपचारका लागि बिहिवार साँझ वीरगञ्ज रेफर गरिएको छ । साइकललाई ठक्कर दिने ट्रक र र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।