हरिपुरमा माघी महोत्सव, आज सार्वजनिक बिदा

माघी महोत्सव उद्घाटनका अवसरमा वुधवार हरिपुरस्थित पचगछियामा निकालिएको ¥याली । (तस्बिर : उज्यालो अभियान)

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–७, पचगछियामा वुधवारबाट माघी महोत्सव सुरु भएको छ ।

थारु समुदायको बाहुल्यता रहेको त्यस ठाउँमा माघी पर्वको अवसरमा माघी महोत्सव आयोजना गरिएको हो । महोत्सव उद्घाटनका अवसरमा वुधवार बिहान थारु समुदायले आफ्नो भुषभुषासहित सहभागी भएर भव्य ¥याली निकालेका छन् । महोत्सवका स्थानीय थारु समुदायको साँस्कृति प्रस्तुतिसँगै स्थानीय परिकार र थारु समुदायको पहिचान झल्कने वस्तुको स्टल राखिएको स्थानीय युवा अभिमन्यू चौधरीले जानकारी दिए ।

पचगछियामा आयोजित माघी महोत्सवकै लागि भन्दै हरिपुर नगरपालिकाले बिहिवार (आज) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाका मेयर जमिरुद्धिन मन्सुरले गत मंगलबार नै सार्वजनिक सूचना जारी गरी विहिबार नगरपालिकाभर सार्वजनिक बिदा घोषणा गरेका थिए । माघे संक्रान्तिमा थारु समुदायले निकै उल्लासका साथ मनाईने माघी पर्वका अवसरमा सर्लाहीका अन्य स्थानमा पनि मेला महोत्सवको आयोजना गरिएका छन् ।