लुटपाट गर्दा गर्दै युवक पक्राउ

911
लुटपाटको आरोपमा पक्राउ परेका युवकलाई सार्वजनिक गरिँदै । (तस्बिर : उज्यालो अभियान)

प्रहरीले सर्लाहीको कविलासी नगरपालिका–५, रनियामा माघी मेला भरेर घर फर्किदै गरेका व्यक्तिलाई लुटपाट गर्ने एक युवकलाई पक्राउ गरेको छ ।


जिल्लाको बसबरिया गाउँपालिका–४, धनगढा गुनर्वा टोलका १९ वर्षीय रोहितकुमार साहलाई लुटपाट गरिरहेको अवस्थामा प्रहरीले रंगे हात पक्राउ गरेको हो । वुधवार राती १० बजेतिर हरिपुर नगरपालिका–७, पचगछियामा माघी पर्वको अवसरमा आयोजित माघी मेला भरेर घर फर्किदै गरेका व्यक्तिलाई रनिया गाउँमा नियन्त्रणमा लिई लुटपाट गर्दै गर्दा प्रहरीले साहलाई पक्राउ गरेको हो । लुटपाटमा ६ जना संलग्न थिए ।


साहबाहेक लुटपाटमा संलग्न अन्य पाँच जना फरार छन् । उनीहरुको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए । घटनास्थलबाट लुटेराको समूहले प्रयोग गरेको बीआर ३० भी ८३०७ र बीआर ३० यू ०७५९ नम्वरको दुई वटा मोटरसाइकल बरामद भएको प्रहरी निरीक्षक साहले बताएका छन् ।