दिवंगत लायन कार्कीको सम्झनामा वृद्धवृद्धालाई भोजन

198
आश्रमका वृद्धवृद्धालाई भोजन गराँदै लायन्स क्लबका सदस्यहरु । (तस्बिर : उज्यालो अभियान)

नवलपुर – केही वर्षअघि सवारी दुर्घटनामा परी निधन भएका लायन्स क्लब लालबन्दी सिटीका सदस्य मिनराज कार्कीको सम्झनामा मंगलवार सर्लाहीको जुटपानी आश्रममा भोजन गराइएको छ ।

लायन्स क्लब लालबन्दी सिटीले कार्कीको सम्झनामा मंगलवार बिहान पद्म भुवनेश्वरी नमूना वृद्धा सेवाश्रम जुटपानीका वृद्धवृद्धालाई भोजन गराएको हो । साथै लायन्स क्लबका जन्मदाता मेलभिन जोन्सको सम्झनामा मंगलवार बिहान आश्रममा १६ थान कम्बल समेत वितरण गरिएको लायन्स क्लब लालबन्दी सिटीका उपाध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए ।